नेशनल गोल्ड विशेष
देश निर्वाचनमय बनेको छ, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ
उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देश निर्वाचनमय बनेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै शक्तिले निर्वाचनमा भाग लिने भनेर आएकाले तोकिएकै समयमा निर्वाचन हुने बताउनु भयो । उहाँले तोकिएकै समयमा निर्वाचन गर्नुपर्नेमा समेत जोड दिनुभयो । उहाँले...
नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत होः स्वर्णिम वाग्ले
अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनु भयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने...
९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार मंगलवारको तुलनामा बुधवार सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो । मंगलवार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँ पुगेको छ...
रामजानकी विवाहसँगै सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न
जनकपुरमा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको छ । मंसिर शुक्ल पञ्चमी तिथिका दिन अर्थात मंगलवार राति भगवान रामजानकीको विवाह सम्पन्न भएसँगै सप्तहव्यापी विवाहपञ्चमी महोत्सव सम्पन्न भएको हो । रामजानकीकको वैवाहिक कार्यक्रममिथिला संस्कृतिअनुसार सम्पन्न भयो । वैवाहिक कार्यक्रममा राममन्दिरका महन्थ रामगिरीले रामका बुबा अर्थात राजा दशरथको भुमिका तथा जानकी मन्दिरका...







