राजनीति
संविधान संशोधन नगरी संघीयता सफल हुँदैनः मुख्यसचिव अर्याल
मुख्यसचिव एकनारायण अर्यालले संघीयताको सात वर्षमा देखिएका प्रशासनिक जटिलता र सेवा प्रवाहको असफलता हटाउन संविधान संशोधन अपरिहार्य रहेको बताउनुभएको छ । नेपाल कानून समाजले काठमाडौंमा आयोजना गरेको “वित्तीय स्रोत व्यवस्थापन तथा प्राकृतिक स्रोतको उपयोग” विषयक छलफल कार्यक्रममा उहाँले संविधान रिजिड डकुमेण्ट नभएको भन्दै भारतमा जस्तै आवश्यकताअनुसार संशोधन गर्नुपर्नेमा जोड...
१ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात
नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो । उहाँकाअनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १,८०५ गिगावाट–आवर...
नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः कुलमान घिसिङ
शहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भबनबाटै गराउने गरी तयारी अघि बढेको बताउनुभएको छ । सोमवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार आसन्न चुनावपछि...
ओलीको कडा आपत्ति : “प्रधानमन्त्रीको विद्रोह चेतावनी योजना हो कि अनुमान?” ( भिडियो )
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले ‘कच्चा कुरा’ गरेको भन्दै कडा आपत्ति जनाएका छन्। शुक्रबार काठमाडौंमा कमाण्ड घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हालै व्यक्त गरेका राजनीतिक टिप्पणीहरू गैरजिम्मेवार प्रकारका भएको आरोप लगाए। यसअघि राजनीतिक दलहरूसँगको छलफलमा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा पुनर्स्थापना मागले देश फेरि...
सरकार स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम
सरकारी निकायहरुका १० वटा कोषमा मात्रै ४० अर्ब भन्दा बढी रकम मौज्दात रहेको पाइएको छ । हालै सरकारले गराएको एक अध्ययनअनुसार सार्वजनिक संस्था÷निकायहरुमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका छन् । विनियमावलीअनुसार उनीहरुले कर्मचारीले पाउने...
सहकारी पीडितहरु फेरि धर्नामा
न्यायको खोजी गर्दैै आएका सहकारी पीडितहरुले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् । शुक्रवार पीडितहरुले आफूहरुको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरु आक्रोशित हुँदै आएका छन् ।...
काठमाडौंमा एमालेनिकट नेशनल भोलेन्टियर फोर्सको प्रदर्शन
नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ । शुक्रवार मध्यान्ह फोर्सले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुशी र ललितपुरको जावलाखेलबाट ¥याली शुरु गरी बबरमहल, माईतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रिय कमाण्ड घोषणा गरिनेछ...
निर्वाचनलाई सफल बनाउनलाई सबै पक्षलाई राष्ट्रपति पौडेलको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गर्नुभएको छ । शुक्रवार पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्तिको अवसरमा बोल्दै उहाँले निर्वाचनलाई सफल बनाउन आह्वान गर्नुभएको हो । राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल...
पर्यटन प्रवर्द्धनको रणनीति बनाउन सरोकारवालाहरुसँग छलफल शुरु
नेपालको पाँच वर्षे पर्यटन रणनीति बनाउन सरोकारवालाहरु छलफल शुरु गरेका छन् । बिहीवारबाट काठमाडौंस्थित एक होटलमा नेपाल पर्यटन बोर्ड र युएनडिपीले संयुक्त रुपमा सरोकारवालाहरुसँग छलफल शुरु गरेका हुन् । नेपालमा २०१५ देखि पर्यटन रणनीति बन्न नसकेको बताउँदै सरोकारवालाहरु यसअघि पनि युएनडिपीसँग मिलेर नेपालको पर्यटन प्रवद्र्धन गरिएको र अब पनि...
निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
सभामुख देवराज घिमिरेले सिंहदरबारभित्र निर्माणाधिन संघीय संसद भवनलाई समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । बिहीवार राष्ट्रिय सभाअध्यक्षसहित निर्माणाधिन भवन निरीक्षणमा पुग्नुभएका सभामुख घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । उहाँले निर्माण कार्यको गति थप बढाउन समेत निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । उहाँले निर्माण कम्पनीले हाल ३५० जनाको श्रमशक्ति प्रयोग...









