डायनामिक थिन्कर्सले २०२४ को ऐक्ट्यूरियल इनोवेशन च्यालेन्जमा प्रथम रनर-अप प्राप्त

संवाददाता
२०८१ मंसिर २३, आईतवार १३:५९

डायनामिक थिन्कर्स, त्रिभुवन विश्वविद्यालयका दक्ष नेपाली विद्यार्थीहरूको टोली, ऐक्ट्यूरियल इनोवेशन च्यालेन्ज २०२४ मा प्रथम रनर-अपको सम्मान प्राप्त गर्न सफल भयो। यो प्रतिष्ठित प्रतियोगिता इन्स्टिच्युट एन्ड फ्याकल्टी अफ ऐक्ट्यूरिज (IFoA) द्वारा आयोजित र इन्स्टिच्युट अफ ऐक्ट्यूरियल एन्ड क्वान्टिटेटिव स्टडीज (IAQS) द्वारा प्रायोजित गरिएको थियो। यस दुई महिने प्रतियोगिताको फाइनल राउण्ड होटल अन्दाज, नयाँ दिल्लीमा IFoA भारत सम्मेलनको क्रममा आयोजना गरिएको थियो।

यस वर्षको प्रतियोगिता विशेष गरी वंचित समुदायहरूको लागि दिगो र व्यवहारिक बीमा उत्पादनहरू सिर्जना गर्नेमा केन्द्रीत थियो। यसले दक्षिण एशिया भरि व्यापक सहभागिता आकर्षित गरेको थियो, जसमा १५० टोलीहरूले दर्ता गरि ५७ टोलीहरूले नयाँ प्रस्तावहरू प्रस्तुत गरेका थिए। कडा मूल्याङ्कन पछि, २२ टोलीहरू, जसमा नेपालबाट सात वटा टोली समावेश थिए, सेमीफाइनलमा पुगे। तीमध्ये १० टोलीहरू फाइनलमा पुगे, जसमा नेपालबाट पाँच बलियो प्रतिस्पर्धीहरू उपस्थित थिए।

डायनामिक थिन्कर्स, जसमा त्रिभुवन विश्वविद्यालयका आठौं सेमेस्टरका ऐक्ट्यूरियल साइन्सका विद्यार्थी कुणाल कुमार साह, लवलीश थापा, र शमिला लामिछाने समावेश थिए, आफ्ना नविनतम उत्पादन “आक्वा सुरक्षा” को साथ जजहरूलाई प्रभावित पार्न सफल भए। यो बीमा समाधानले जलजनित सङ्कट र पानीका ट्यांकीहरूको संरचनात्मक क्षतिलाई लक्षित गर्दछ र विशेष गरी ग्रामीण नेपालका समुदायहरूको आवश्यकता अनुसार तयार गरिएको हो। उनीहरूको प्रस्तावले IFoA की अध्यक्ष कर्तिना ताहिर थोमसनद्वारा प्रमाणपत्र र ३०,००० INR को अमेजन भाउचर जित्न सफल भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*