भारतको केन्द्रिय बैंकद्वारा रिपो दर ६.५ प्रतिशतमा यथावत

संवाददाता
२०८१ मंसिर २४, सोमबार १४:५६

भारतको केन्द्रिय बैंकिङ संस्था रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राखेको घोषणा गरेको छ । रिपो दर भनेको केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई कोषको कमीको अवस्थामा कर्जा दिने दर हो । ६ सदस्यीय मौद्रिक नीति समिति (एमपीसी)ले प्रमुख दर यथावत राख्ने निर्णय गरेको यो लगातार ११ औं पटक हो । वर्तमान र विकसित वृहत आर्थिक अवस्थाको मूल्याङ्कन पछि बैठकले तरलता समायोजन सुविधाअन्तर्गत नीति रिपो दरलाई ६.५ प्रतिशतमा अपरिवर्तित राख्ने निर्णय गरेको हो । यसैबीच २०२४–२५ को वास्तविक जीडीपी वृद्धि ६.६ प्रतिशतमा प्रक्षेपण गरिएको छ भने त्रैमासिकमा ६.८ प्रतिशत र चौथो त्रैमासिकमा ७.२ प्रतिशत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*