इजिप्टको आसुतमा मिनीबस दुर्घटनाः ४ जनाको मृत्यु, १० बेपत्ता

संवाददाता
२०८१ मंसिर २४, सोमबार १४:५८

इजिप्टको असुत प्रान्तस्थित डेराउट जिल्लामा १४ यात्रु बोकेको एउटा मिनीबस नहरमा खस्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना बेपत्ता भएको बताइएको छ । बेपत्ता यात्रुहरूको खोजी प्रयास जारी छ । गोताखोर र प्रहरीहरुले बेपत्ताको खोजि भइरहेको बताएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाको उच्च दर छ । सरकारी तथ्याङ्क निकाय क्यापमासका अनुसार २०२३ मा देशमा सडक दुर्घटनामा ५ हजार ८६१ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*