इजरायली आक्रमणबाट वेस्ट बैंकमा २ प्यालेस्टाइनीको मृत्यु

संवाददाता
२०८१ मंसिर २५, मंगलवार १३:४०

रमल्लाहस्थित प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर टुबासमा इजरायली बमबारीमा दुई प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । मारिनेमा २६ वर्षीय खलील अल–मसरी र ३२ वर्षीय अदी दाराघमेह रहेको बताइएको छ । टुबासका गभर्नर अहमद अल–असादले इजरायली सेनाले दुई युवालाई उनीहरुको घर नजिकै हत्या गरेको बताउनु भयो । अद्राईले  इजरायली सैनिकहरूले बन्दुकधारीहरूबाट एम—१६ हतियार, दुईवटा पेस्तोल र एक हात ग्रेनेड बरामद गरेको बताउनु भयो । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले अक्टोबर ७, २०२३ मा जारी इजरायल–प्यालेस्टाइन द्वन्द्व शुरु भएदेखि इजरायली बम र बन्दुकको गोलीकाण्डले पश्चिम किनारामा करिव ८१० प्यालेस्टाइनीको ज्यान लिएको रिपोर्ट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*