प्रतिनिधि सभाका नवनियुक्त सचिव राईद्वारा शपथ ग्रहण

संवाददाता
२०८१ पुष १७, बुधबार १५:२७

प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सचिव राईलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव राईलाई मंगलवार सचिव पदमा नियुक्त गर्नुभएको हो । शपथ कार्यक्रममा संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेलगायत अधिकारीहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*