मकवानपुर बहुमुखी क्याम्पस अगाडि ठुलो दुर्घटना
मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना
हेटौंडा । हेटौंडा उपमहानगरपालीका २ स्थित मकवानपुर बहुमुखी क्याम्पस अगाडि मोटरसाईकल दुर्घटना भएको छ । आज दिउँसो करिब २:३० बजे एक सरकारी मोटरसाइकल र एक निजी स्कुटर ठोक्किएर गम्भीर दुर्घटना भएको हो।
मानसचोकबाट मनकामना तर्फ जादैं गरेको बागमती प्रदेश ०३(००५प६५२६ नम्बर टिभियस कम्पनिको वेगो स्कुटर र मनकामनाचोकबाट मानसचोक तर्फ जादैं गरेको बजाज कम्पनिको डिस्कबर ना १ ब ३३८० नम्बरको सरकारी बाईक एक अर्कासँग ठोकिएको हो । यस दुर्घटनामा दुवै सवारी साधनका चालक घाइते भएका छन्।
घाइते दुवै जनालाई तुरुन्तै हेटौंडा अस्पतालमा पुर्याइएको छ । दुर्घटनाको कारण बारेमा थप अनुसन्धान भइरहेको र थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।











