प्रमोद सिंह रानाभाटको प्यानल सार्वजनिक, मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा उम्मेदवारी घोषणा
मकवानपुर . मकवानपुर उद्योग वाणिज्य संघको आगामी निर्वाचनको तयारीका क्रममा अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटले आफ्नो प्यानल सार्वजनिक गरेका छन्। पुस २७ गते हुने निर्वाचनमा रानाभाटले व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो टिमको घोषणा गरेका हुन्।
रानाभाटको प्यानलमा बाणिज्य, उद्योग, एशोसियट र वस्तुगततर्फका उम्मेदवारहरूको नाम सार्वजनिक गरिएको छ। प्यानलमा प्रमुख पदका उम्मेदवारहरूमा उपाध्यक्ष पदका लागि राम प्रसाद न्यौपाने -बाणिज्य_, उज्वल चौलागाई -एशोसियट_, दीपक उप्रेती -उद्योग_, र प्रदीप अर्याल -वस्तुगत_ रहेका छन्। महासचिव पदमा प्रतिमा श्रेष्ठ र कोषाध्यक्ष पदमा श्री कृष्ण कर्माचार्यको उम्मेदवारी छ।
सचिव पदका उम्मेदवारहरूमा कुलप्रसाद चौलागाई, माधव ज्ञवाली, रुपकराज दहाल, राजाराम कार्की रहेका छन्। सदस्य पदका उम्मेदवारहरूमा राजेन्द्र लामिछाने, सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल, निलम बजगाई देवकोटा -महिला आरक्षण_, अंकिता सुमार्गी, नवराज खतिवडा, सुकृत पराजुली, जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, र सीतादेवी भेटवाल -महिला आरक्षण_ रहेका छन्।
रानाभाटले प्यानल सार्वजनिक गर्दै व्यवसायीहरूको लागि विभिन्न योजनाहरूको घोषणा गरेका छन्। उनले मेला आयोजनामा व्यवसायीको अहित नगर्ने, एक्स्पो आयोजना गर्ने, स्थानीय तहसँगको सम्बन्ध सुधार गर्ने र सदस्यता शुल्क घटाउने जस्ता कार्यक्रमहरू गरेका छन्।
विस्तृत योजनामा उनले हेटौंडामा स्वास्थ्य सेवामा सुधार ल्याउने, सरकारी कार्यालयहरूसँग समन्वय गर्ने र प्रदेश सरकारसँग मिलेर प्रदेश विश्वविद्यालय स्थापनामा भूमिका खेल्ने प्रतिबद्धता पनि जनाएका छन्। रानाभाटले व्यवसायीहरूको लागि आपतकालिन कोष स्थापना गरेर सहयोग गर्ने र पर्यटन क्षेत्रको विकासमा सक्रिय भूमिका निभाउने योजना पनि प्रस्तुत गरेका छन्।
कार्यक्रमको अवसरमा संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, सल्लाहकार नरोत्तम दहाल, पूर्व अध्यक्षहरू, विभिन्न उद्योगका प्रमुखहरू र महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवाल लगायतका प्रमुख व्यक्तिहरूको उपस्थिती थियो।











