पूर्व प्रधानमन्त्री देउवा हेटौंडा नआउने
हेटौंडा – पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा हेटौंडा नआउने भएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको अधिवेशन उद्घाटन गर्न हेटौंडा आउने तय गरिएको देउवा को कार्यक्रम खराब मौसमका कारण रद्द भएको हो।
नेपाली काङ्ग्रेस मकवानपुरका सचिव भिमसेन महतले जानकारी दिएका अनुसार, देउवा भोलि हेटौंडा आउने थिए, तर मौसमको असहज परिस्थितिका कारण कार्यक्रम स्थगित गरिएको छ।











