मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं लगायत पुराई प्यानलको विजयी
हेटौंडा– मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनको एसोसियट तर्फ उपाध्यक्ष पदमा उज्वल चौलागाईं विजयी भएका छन्। चौलागाईंले ४८ मत प्राप्त गर्दै विजयी भए, जबकि उनका प्रतिद्वन्द्वी विष्णु खनालले ३३ मत प्राप्त गरे। एसोसियटतर्फ सदस्यहरूमा पुराई प्यानलको बिजय विजय भएका छन्। यस निर्वाचनमा अध्यक्ष पदको लागि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाट बीच कडा प्रतिस्पर्धा देखिएको थियो। निर्वाचनको कुल २०६६ मतदातामध्ये १८१६ मत खसेको थियो, जसमा बस्तुगततर्फ २६, एसोसियट तर्फ ८१, उद्योगतर्फ ५५५ र बाणिज्यतर्फ ११५४ मत रहेका छन्। मतगणना आज साँझ ८ बजेबाट सुरु भएको छ। एसोसियट तर्फ उपाध्यक्ष पदमा विजयी भएका चौलागाईंले यस परिणामको बारेमा जानकारी दिँदै आगामी कार्यकालमा संघको विकास र व्यवसायिक वातावरण सुधारमा ध्यान दिने आश्वासन दिएका छन्। मकवानपुर उद्योग वाणिज्य संघको ५८औं अधिवेशनले प्रदेशका व्यवसायीलाई मात्र होइन, समग्र देशको राजनीतिक र उद्योग वाणिज्य क्षेत्रलाई समेत ठूलो प्रभाव पार्ने संकेत गरेको छ। निर्वाचनका केही पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने अन्य पदाधिकारी तथा सदस्यहरूको मतगणनाक्रम जारी छ। मकवानपुर उद्योग वाणिज्य सङ्घको एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाईं विजयी
उपाध्यक्ष: उज्जवल चौलागाईं खुला सदस्य: – आँकिता सुमार्गी – नवराज खतिवडा औद्योगिक क्षेत्र संरक्षण: – स्वीकृत पराजुली बहुराष्ट्रिय कम्पनी: – बिक्रम सञ्जेल











