लस एन्जलसको डढेलोबाट १६ जनाको मृत्यु

संवाददाता
२०८१ पुष २९, सोमबार १५:२०

अमेरिकाको सबैभन्दा बढी जनसंख्या भएको काउन्टी लस एन्जलस काउन्टीमा फैलिएको डढेलोबाट १६ जनाको मृत्यु भएको छ । लस एन्जलस मेडिकल एक्जामिनर काउन्टीले प्रकाशित गरेको मृत्युको सूचीअनुसार शनिबार साँझसम्म डढेलोबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । मृतकमध्ये एघार जना इटन फायरसँग सम्बन्धित थिए भने पाँच जना प्यालिसेड्स फायर क्षेत्रमा फेला परेका थिए । अल्टाडेना र पासाडेना नजिकै १४ हजार ११७ एकड (५७.१ वर्ग किलोमिटर) जमिन जलाएको छ  । शनिवार दिउँसोसम्म १५ प्रतिशत नियन्त्रणमा आएको थियो । लगभग ७ हजार ८१ संरचनाहरू आगोबाट क्षतिग्रस्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*