हर्क साम्पाङ प्रधानमन्त्रीसँगको भेटबाट वञ्चित

संवाददाता
२०८१ माघ ८, मंगलवार १७:१७

८ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले केपी शर्मा ओलीसँग मंगलबार सिंहदरबारमा भेट्न पाएनन् ।

धरानको खानेपानी समस्या समाधानका लागि गाग्रो बोकेर मंगलबार सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानीमन्त्री प्रदीप यादव र अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरे पनि प्रधानमन्त्री ओलीसँग भने भेट्‍न नपाएका हुन् । तर उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटेर अर्को पत्र बुझाउने बताएका थिए ।

मेयर साम्पाङले बोकेर गएको रित्तो गाग्रो गेटबाटै प्रहरीले खोसेको थियो । जसबारे मेयर साम्पाङले गृह मन्त्रालयको विषय भएकाले धेरै नबोल्ने प्रतिक्रिया दिए ।

तर आफू पानीको मुद्दालाई राजनीतिक नभइ विकास माग्न आएको बताएका छन् ।

‘पानीको मुद्दालाई राजनीतिक मुद्दा खानेपानी चाहिँ सरकारले तुरुन्तै बनाउनुपर्छ । खानेपानी विकास होइन, म विकास माग्न आएको होइन,’ साम्पाङले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*