सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब बढी कर्जा प्रवाह
असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।
९ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेढ खर्ब रुपैयाँभन्दा बढी परिमाणमा कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन सुदूरपश्चिम प्रदेश : वार्षिक प्रतिवेदन’ अनुसार असार २०८१ सम्म सुदूरपश्चिम प्रदेशमा १ खर्ब ५२ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । मुलुकको कुल कर्जा प्रवाह ५१ खर्ब ६४ अर्ब रुपैयाँ बराबर छ ।
यो परिमाण कुल कर्जाको करिब ३ प्रतिशत हो । यो परिमाण गत आवको तुलनामा ०.७५ प्रतिशतमात्र बढी हो । त्यो बेला १.५० प्रतिशतले कर्जा प्रवाह बढेको थियो ।
यो प्रदेशमा प्रवाह भएको कर्जामध्ये सबैभन्दा धेरै सेवा क्षेत्रमा छ । असार २०८१ सम्ममा सेवा क्षेत्रको कर्जा अघिल्लो आवको दाँजोमा २.४४ प्रतिशतले बढेर १ खर्ब १० अर्ब ७१ करोड ५६ लाख रुपैयाँ पुगको छ । यो कुल कर्जाको ७२.४४ प्रतिशत हो ।

समीक्षा वर्षसम्म बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ४७.८५ प्रतिशत र सबैभन्दा कम बाजुरा जिल्लामा २.३९ प्रतिशत रहेको छ ।
त्यस्तै कर्जातर्फ कैलालीको हिस्सा सबैभन्दा बढी ६९.१३ प्रतिशत र सबैभन्दा कम बाजुरामा ०.९९ प्रतिशत रहेको केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशमा कुल निक्षेपकर्ता संख्या असार २०८१ सम्म १०.३४ प्रतिशतले बढेर ३७ लाख ९१ हजार ८ सय ६४ पुगेको छ । कुल ऋणी संख्या ४.३० प्रतिशतले बढेर १ लाख ४ हजार ५३ पुगेको छ ।
केन्द्रीय बैंकका अनुसार समीक्षा वर्षमा विपन्न वर्ग कर्जा १.३९ प्रतिशतले घटेर ११ अर्ब ५४ करोडमा सीमित भएको छ । सहुलियतपूर्ण कर्जा भने २९.६२ प्रतिशतले गिरावट भई ६ अर्ब ८१ करोडमा अडेको छ ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाका शाखा संख्या ८ सय ५६ छ । यसमा वाणिज्य बैंकका ३ सय २९, विकास बैंक ५२, वित्त कम्पनी ६ र लघुवित्त वित्तीय संस्थाका शाखा ४ सय ६९ छ ।