२०६४ को माया पचाउन सकेन, अब जनतामा फर्केर काम गर्ने कसम खाएको छु,” प्रचण्ड

संवाददाता
२०८१ माघ २२, मंगलवार १५:४१

“हाम्रो तागत जनताको तागत नै हो,” प्रचण्डले भने, “हामी हिजो जंगलमा थियौं, जनताको काखमा थियौं। अहिले हामी काठमाडौंको जंगलमा भयौं, जहाँ पनि मजदुर र किसान छन्। ती समुदायसँगको सम्बन्धलाई बलियो बनाउँदै, जनतातिर फर्किने कसम खाएर म देशभर हिँडिरहेको छु। २०६४ को निर्वाचनमा जनताले गरेको माया पचाउन नसक्दा हामी कमजोर भएका थियौं। अब त्यो गल्ती सच्याउँदै, शहिद, अपाङ्ग, दलित, आदिवासी, मजदुर, किसान, मुस्लिम, थारु, र मधेशी समुदायको निम्ति हामी फेरि संघर्षमा फर्कने कसम खाएको छु।”

प्रचण्डले आफ्नै पार्टीका कमजोरीलाई स्वीकृत गर्दै, आफू र आफ्नो दलको लागि माफी मागेका छन्, र भविष्यमा त्यस्ता त्रुटिहरूको सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*