बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गर्न आगामी बजेटमा उचित बजेट विनियोजन गर्ने बताउनुभएको छ।
शुक्रबार हेटौडामा आयोजित पद्मरत्न लुमन्ती गुथीले आयोजना गरेको मातृभाषा नेपाल भाषाको प्रयोग प्रचार र प्रवर्धन विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले बागमती प्रदेशभित्र रहेका बहुसंख्यक तामाङ र नेवारी समुदायको मातृभाषालाई सरकारी कामकाजको भाषामा प्रयोग गरिन थालिएको भन्दै अझ अन्य बहुसंख्यिक जनसङ्ख्याले प्रयोग गर्ने मातृभाषाहरूलाई सरकारी कामकाजीमा प्रयोग गरिनुपर्ने समेत बताउनुभएको छ।संस्कृति तथा पर्यटन मन्त्रालय बागमती प्रदेशको सहयोगमा आयोजना गरिएको गोष्ठीमा श्रम रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जन बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ लगायतकाको आतिथ्यता रहेको थियो।











