प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती गरेको छ : मन्त्री थापा (भिडियो सहित)
हेटौँडा। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगती गरेको बताउनु भएको छ ।
नेशनल गोल्ड टेलिभिजनको कार्यक्रम नेशनल टकमा कुरा गर्दै मन्त्री थापाले सरकार गठन भएको एक बर्षको अबधिमा प्रदेशका जनताले हेर्दा देखिने र छाम्दा भेटीने गरी काम गरेको उल्लेख गर्नुभयो ।
उहाँले प्रदेश सरकार प्रदेशका दुरदराजका जनता लक्षित स्वास्थ्य उपचारमा केन्द्रित भएर काम गरीरहेको समेत उल्लेख गर्नुभयो ।
स्वास्थ्य विमाको पहुँचलाई संघिय सरकारसँगको सहकार्यमा अझ प्रभावकारी बनाउने र प्रदेशमा कार्यरत श्रमजिवी पत्रकारहरुको स्वास्थ्य विमा समेत प्रदेश सरकारले गर्ने उहाँको भनाई छ ।
यस्तै प्रदेशको मुकाम हेटौँडामा सन्चालनमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद अब नहुने दावि गर्नु भयो । विगतका दिनमा हेटौँडा अस्पताल रिफर सेन्टर मात्र भएको र हाल प्रतिष्ठान बनेपछी उपचार मात्र नभएर अध्ययनमा समेत पहुँच विस्तार भएको उहाँको भनाई छ ,
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…











