वागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

संवाददाता
२०८२ श्रावण १७, शुक्रबार १४:४८

भक्तपुरमा शुक्रवार एक कार्यक्रमको आयोजना गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरिसकेको बताउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मिति २०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरी राष्ट्रिय खोप समन्वय समितिबाट वागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चितता प्रमाणीकरण समेत भइसकेकाले वागमती प्रदेशलाई आज मिति २०८२ साउन १६ गते शुक्रवारका दिन पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्दछु ।’

२०८२ असार ३० गतेसम्ममा वागमती प्रदेशका १३ वटै जिल्लाहरुले १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरु लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*