अब राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आयोः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताउनुभएको छ । अनलाइनखबरको ‘चालिस मुनिका चालिस’ युवा सम्मान कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब व्यक्ति व्यक्तिका आत्मविश्वास मिलाएर राष्ट्रिय आत्मविश्वास निर्माण गर्ने समय आएको बताउनु भयो । उहाँले राष्ट्रिय आत्मविश्वासले मात्रै देश निर्माण गर्नसक्ने उहाँको भनाइ छ ।











