पारिवारिक खेतीलाई नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्छः मन्त्री अधिकारी

संवाददाता
२०८२ श्रावण २८, मंगलवार १२:५८

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतीलाई जीवनयापनको साधनमात्र नभइ सम्मानजनक, नाफामुलक र दिगो पेशा बनाउन ठोस कदम चाल्नुपर्ने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहँँले जलवायु स्मार्ट कृषि प्रविधि र बीउबिजन, अनुसन्धानमा लगानी, कृषक उद्योग बजार, एकीकृत प्रणाली, वित्त समावेशीकरण, सहुलियत ऋण, बीमा र कृषक कोष प्रादेशिक वा स्थानीय तहमा कृषि व्यवसाय इन्कुबेसन केन्द्र स्थापना जस्ता कार्यक्रमहरुका माध्यमबाट प्रवद्र्धन गर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*