रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छः डोलप्रसाद अर्याल

संवाददाता
२०८२ श्रावण २८, मंगलवार १३:०८

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताउनुभएको छ । मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरु आधुनिक पुस्ताको लागि हुनुपर्ने बताउनु भयो । उहाँले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*