भीमफेदीको लामिडाँडामा पहिरो: त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध
हेटौंडा: मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित लामिडाँडामा आज बिहान ठूलो पहिरो खस्दा त्रिभुवन राजपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
शनिबार बिहान सडकमाथिबाट खसेको पहिरोमा ठूला ढुंगा र रुखसमेत समेटिएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
हाल सडक डिभिजन कार्यालयसँग समन्वय गरी पहिरो पन्छाउने कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। पहिरोका कारण यातायात सेवा ठप्प भएको छ भने यात्रुहरूलाई वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरो पन्छाइसकेपछि मात्र सडक सुचारु हुने जनाइएको छ।











