आइटी दैनिक जनजीवनका लागि अपरिहार्यः प्रधानमन्त्री ओली

संवाददाता
२०८२ भाद्र २, सोमबार १२:३२

प्रधानमन्त्री केपी शर्मा ओलीले आइटी दैनिक जनजीवनका लागि अपरिहार्य भइसकेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन, २०२५ लाई भर्चुअलरुपमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मानिसको दैनिक जीवन र दिनचर्याका लागि इन्फरमेसन टेक्नोलोजी अपरिहार्य र आवश्यक भइसकेको बताउनु भयो । आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*