संघीयता कार्यान्वयनमा संघीय निजामती सेवा विधेयक महत्वपूर्ण दस्तावेजः मन्त्री न्यौपाने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले कर्मचारी सरुवा प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन संघीय निजामती सेवा विधेयक महत्वपूर्ण हुने बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा बोल्दै मन्त्री न्यौपानेले यस्तो बताउनुभएको हो । उहाँले भन्सुनका आधारमा हुने सरुवा प्रक्रियालाई रोक्ने उद्देश्य विधेयकले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । सरुवा—बढुवा प्रणालीलाई व्यवस्थित र अनुमान योग्य हुनेगरी विधेयकलाई समृद्ध बनाउन उहाँले आग्रह गर्नुभयो ।











