संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल
नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले संघीय निजामति सेवा विधेयकमा तल्लोे तहका कर्मचारीलाई उपेक्षा गरिएको बताउनुभएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताउनुभएको हो । उहाँले संविधान जारी भए लगत्तै आउनुपर्ने विधेयक ढिलो गरी आएको भएपनि केही सकारात्मक सन्देशहरु दिएको बताउनु भयो । उहाँले विधेयकमा मस्यौदा लेखनमा सहभागि हुने तहका कर्मचारीका मागहरु सम्बोधन गरेको तर तल्लो तहका कर्मचारीहरुलाई उपेक्षित गरेको आरोप लगाउनु भयो ।











