सम्पती अधिकार रक्षा गर्न हुलाक टिकट महत्वपूर्णः सञ्चारमन्त्री गुरुङ

संवाददाता
२०८२ भाद्र ३, मंगलवार १२:५९

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पती अधिकार रक्षा गर्न हुलाक टिकटको भुमिका महत्वपूर्ण हुने बताउनुभएको छ । मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा लोप हुन लागेका रैथाने बालीनाली, वनस्पति, जनावर, पशुपंक्षीहरुको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गर्ने बताउनु भयो । बासमति धान नेपालको रैथानी बाली भएपनि हाल यसको प्याटन राईट्स भने भारतले लिएको उहाँले बताउनु भयो । बासमति धानको प्याटन राईट्सबाट आउने रकम सबै भारतले पाउने तर नेपालले नपाउने उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*