ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूबीच ह्वाइट हाउसमा बहुपक्षीय वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र सात युरोपेली नेताहरूले सोमवार ह्वाइट हाउसमा बहुपक्षीय वार्ता गरेका छन् । सोही दिन ट्रम्प र जेलेन्स्कीबीच भएको द्विपक्षीय बैठकपछि नेटो महासचिव मार्क रुट, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन, बेलायती प्रधानमन्त्री केयर स्टारमर, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फिनिश राष्ट्रपति अलेक्ज्याण्डर स्टब, जर्मन चान्सलर फ्रेडरिक मर्ज र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले वार्तामा भाग लिएका थिए ।











