इजिप्ट र कतारद्वारा गाजामा तत्काल युद्धविराम गर्न आग्रह

संवाददाता
२०८२ भाद्र ३, मंगलवार १३:२५

इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सोमवार गाजा पट्टीमा तत्काल युद्धविरामको लागि आह्वान गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयको एक विज्ञप्तिअनुसार उक्त क्षेत्रको पुनः कब्जा अस्वीकार गरेका छन् । इजिप्टले सम्भावित युद्धविराममा हमास र इजरायलबीच अप्रत्यक्ष वार्ता आयोजना गरेको बेला दुई नेताहरू कायरोमा भेटेका थिए । उनीहरूको छलफलको क्रममा दुवै नेताहरूले युद्धविराम सुरक्षित गर्न र मानवीय सहायताको निर्वाध प्रवाह सुनिश्चित गर्न इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाले गरेको संयुक्त प्रयासहरूको समीक्षा गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*