पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु

संवाददाता
२०८२ भाद्र ३, मंगलवार १३:२८

मुसलधारे मनसुनी वर्षाका कारण आएको बाढीपछि उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत तीन दिनमा ३ सय १३ जनाको मृत्यु भएको छ । १५० भन्दा बढी अझै बेपत्ता छन् । बुनेर जिल्लामा अझै पनि १५० जना भग्नावशेषमा फसेको हुनसक्ने अनुमान गरिएको छ। जहाँ २१३ जनाको मृत्यु र १२६ जना घाइते भएको पुष्टि भएको छ । छिमेकी शांगला जिल्लामा पनि यस्तै अवस्था रहेको बताइएको छ । एनडीएमएकाअनुसार जुन २६ मा मनसुन शुरु भएदेखि राष्ट्रव्यापी रूपमा चलिरहेको मनसुन मौसमबाट मृत्यु हुनेको संख्या ६ सय ५३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*