पाकिस्तानमा विपद्जन्य घटनामा तीन दिनमा ३१३ जनाको मृत्यु
कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्रमा अलाइड डेमोक्रेटिक फोर्सेस (एडिएफ) विद्रोहीहरूलाई जिम्मेवार ठहराइएको पछिल्लो आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन् । उत्तरी किभु प्रान्तको बेनी क्षेत्रको ओइचा शहरमा आक्रमण भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । जहाँ आठ नागरिक र एक प्रहरी अधिकारी घर भित्र फुटबल खेल हेरिरहेका थिए । आक्रमणकारीहरूले भवनलाई घेरेर आगो लगाएको बताइएको छ । जसले गर्दा पीडितहरूलाई जिउँदै जलाइएको थियो । त्यतिबेला घर भित्र कति जना थिए भन्ने कुरा स्पष्ट हुन सकेन । बेनीका सैन्य प्रशासक चाल्र्स ओमेओङ्गाले आइतबार घटनास्थलको भ्रमण गरेपछि आक्रमणको निन्दा गर्दै नजिकैको जंगलमा भागेका आक्रमणकारीहरूलाई पछ्याउन थप सेना तैनाथ गरिएको बताउनु भयो । प्रतिक्रियामा सुरक्षा बैठक भइरहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।











