उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौंः अध्यक्ष दाहाल

संवाददाता
२०८२ भाद्र ३, मंगलवार १४:१५

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताउनुभएको छ । सचिवालय बैठकपछि पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पहिलादेखि नै सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको तर अहिले हस्ताक्षर नै गरिरहेको भन्दै यो गल्ती नगर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*