आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण तिरिसक्ने योजना, भ्रष्टाचार भएको पुष्टी गर्न अधिकारीले दिए चुनौती
आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नाग्रिक उड्डयन प्राधिकरण (क्यान) को योजना प्राधिकरणले बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानथलको ऋण तिर्न क्यान समक्ष रहेको बताउनु भयो । उहाँकाअनुसार २०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो । अहिले पूर्णरुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा भएको छ । विमानस्थल बनाउनका लागि लिइएको १३ अर्ब ऋण तिर्न क्यान समक्ष छ ।











