सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने अध्यक्ष ढकालको आँकलन

संवाददाता
२०८२ भाद्र ४, बुधबार १३:३८

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सवारीसाधनको विक्री ४० प्रतिशतले बढ्ने आँकलन गरिएको बताउनुभएको छ । नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको आयोजनामा मंगलवारदेखि शुरु भएको नाडा अटो शोको उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । दुई वर्ष अगाडीको तुलनामा सवारीसाधनको विक्री नै ४० प्रतिशत बढ्ने आँकलन गरिएको उहाँले बताउनु भयो । यसले बजारमा सुधारको संकेत दिएको उहाँको भनाई छ । पछिल्ला केही वर्ष नेपालको अर्थतन्त्रको लागि सुखद् नरहेपनि गत वर्षदेखि निजी क्षेत्रको लागि उत्साह थपिँदै गएको उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*