सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन गर्न सुदन किराँतीको माग

संवाददाता
२०८२ भाद्र ४, बुधबार १३:३९

नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानविन हुनुपर्ने माग गर्नुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुनः गर्न जरुरी रहेको बताउनु भयो । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन हुनुपर्ने उहाँको भनाइ छ । प्रतिवेदनमा प्राविधिक त्रुटी के भयो भन्ने मात्रै उल्लेख भएको तर के गर्नु हुँदैन थियो भन्नेकुरा उल्लेख नगरिएको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*