न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस्

संवाददाता
२०८२ भाद्र ५, बिहीबार १४:०६

सर्वोच्च अदालतकी न्यायधीश सपना प्रधान मल्लले गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई महिला प्रहरीबाट सुरक्षा लिन आग्रह गर्नुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा न्यायधीश मल्लले भिभिआईपी र भिआईपीको सुरक्षामा महिला प्रहरी खटाउनुपर्ने बताउनुभएकोहो । महिलाहरु सुरक्षा दिन सक्षम छन् भनेर उदाहरण बनिदिन उहाँले गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरिक्षक दीपक थापालाई आग्रह गर्नुभयो । उहाँले नेपाल प्रहरीमा महिलाहरुको सहभागिता हुन लामो समय लागेको पनि बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*