प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्याउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा महिलाको संख्यालाई २० प्रतिशत पु¥याउन निर्देशन दिनुभएको छ । नेपाल प्रहरीले बिहीवार आयोजना गरेको पहिलो महिला प्रहरी सम्मेलनमा गृहमन्त्री लेखकले प्रहरी महानिर्देशक दिपक थापालाइ उक्त निर्देशन दिनुभएको हो । गृहमन्त्री लेखकले नेपाल प्रहरीको भर्ना प्रक्रियामा २० प्रतिशत आरक्षण रहेपनि हाल १२ प्रतिशत मात्रै महिलाको उपस्थिति रहेको बताउनु भयो । उहाँले आरक्षणमा राखिएको २० प्रतिशतलाई परिणाममा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।











