रास्वपाको आरोपः सरकारले संविधानको अपमान गरिरहेको छ
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशहरुले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणका लागि आवश्यक पहल चाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सरकारले संविधानको संरक्षण गर्नुको सट्टा अपमान गरिरहेको उहाँको आरोप छ । उहाँले जनताको जीवनस्तर सुधार्ने, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकारले उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गर्नुभयो ।











