देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छः डा. शेखर कोईराला

संवाददाता
२०८२ भाद्र ६, शुक्रबार ११:०३

नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले हरेक दिन देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रवार ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्खलनतर्फ उन्मुख देशको राजनीतिक र सामाजिक अवस्थालाई उकास्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुको भएको बताउनु भयो । उहाँले सबै मिलेर कसरी देशलाई अघि बढाउन सकिन्छ ? भन्ने सकारात्मक सोचका साथ अघि बढ्न जरुरी रहेको बताउनु भयो । सांसद कोईरालाले कनिका छरेको जस्तो अनुदान दिएर विद्यालय विकास हुन नसक्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*