इजरायलले गाजा युद्धविराम वार्ता शुरु गर्ने

संवाददाता
२०८२ भाद्र ६, शुक्रबार ११:०८

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीवार गाजामा बन्धकहरूको रिहाइ र युद्धको अन्त्यको लागि तत्काल वार्ता शुरु गर्न अधिकारीहरूलाई निर्देशन दिएको बताउनुभएको छ । साथै गाजा शहर कब्जा गर्ने सैन्य योजनालाई पनि अनुमोदन गर्ने बताउनुभएको छ । नेतन्याहूले वार्ता कसरी र कहाँबाट शुरु हुन्छ भनेर बताउनु भएन । यस चरणमा कुनैपनि प्रतिनिधिमण्डल दोहा वा कायरो जाने अपेक्षा गरिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*