संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिन्छः सभामुख घिमिरे

संवाददाता
२०८२ भाद्र ६, शुक्रबार १५:३५

सभामुख देवराज घिमिरेले संसदले बनाउने कानूनले नै संघीयताको मर्म र भावनालाई मूर्त रुप दिने बताउनुभएको छ । ललितपुरमा शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रदेश र स्थानीय तहका अधिकारीहरुलाई सबलीकरण गर्ने, तीन तहबीचको सम्बन्धलाई सुदृढ र प्रभावकारी बनाउने तथा वित्तीय श्रोतको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने कानूनी खाका तयार पार्ने हाम्रो प्रमुख दायित्व संसदको भएको बताउनु भयो । संघीयताको कार्यान्वयन निरन्तर चलिरहने एक गतिशिल प्रक्रिया भएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*