औपचारिक क्षेत्रका २१ हजार बढी रोजगाराता र ६ लाख १३ हजार श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले हालसम्म ६ लाखभन्दा बढी श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार औपचारिक क्षेत्रका २१ हजार ३ सय ९२ रोजगारदाता तथा करिव ६ लाख १३ हजार ७१८ श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।











