सरकारी कर्मचारीहरुले काम गरेनन्, लोकसेवा रटेर बसेः मन्त्री न्यौपाने
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सरकारी कर्मचारीहरुले काम भन्दा बढी लोकसेवामा ध्यान दिने गरेको बताउनुभएको छ । शुक्रवार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै कर्मचारीहरुमा काम गर्ने मनोवृत्ति नदेखिएको बताउनुभएको हो । उहाँले सरकारले सबै पदमा खुला गर्नसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँकाअनुसार अहिले पनि सरकारी कर्मचारीहरु काम गरेर बस्दैनन् । उनीहरु आफ्नो वृद्धिविकासका लागि हाजिर लगाएर लोकसेवाको तयारी स्वरुप पढाइमा रटान लगाइरहेका हुन्छन् । यसले सरकारले चाहेअनुसारको नतिजा दिन सकेको छैन् ।











