भियतनामकी उपराष्ट्रपति सुआनको नेपाल भ्रमण: आज उच्चस्तरीय वार्ता र संयुक्त पत्रकार सम्मेलन
भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले नेपालको तीनदिने औपचारिक भ्रमणको दोस्रो दिन आज उच्चस्तरीय भेटवार्ता र संयुक्त पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज बिहान ११:०० बजे काठमाडौंको होटल याक एण्ड यतिमा उपराष्ट्रपति सुआन र नेपालका उपराष्ट्रपति यादवबीच संयुक्त पत्रकार सम्मेलन हुने भएको छ। यसअघि दुवै उपराष्ट्रपतिहरूले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, लगानी, जलविद्युत, र सांस्कृतिक सहकार्यका विषयमा छलफल हुने कार्यतालिका छ।











