वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा लैजान्छौँः सचिव भट्टराई
नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रश्ताव संसदमा ल्याउने बताउनुभएको छ । काठमाडौंमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले संशोधन प्रश्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने पनि स्पष्ट पार्नुभयो ।











