प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेट

संवाददाता
२०८२ भाद्र ८, आईतवार १७:३४

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ । आईतवार सिंहदरबारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो । दुई देशबीच रहँदै आएको समस्यारहित सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै नेताहरुले अनुभव आदान प्रदानका साथै सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*