विद्या भण्डारीलाई अध्यक्ष बनाउन सकिँदैनः ओली

संवाददाता
२०८२ भाद्र १२, बिहीबार १२:१८

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पार्नुभएको छ । बिहीवार काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनउने गल्ती गर्न नहुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*