इजिप्टका सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच भेट
इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसि र लेबनानी प्रधानमन्त्री नवाफ सलामबीच कायरोमा भेट भएको छ । बेरुतले यस महिनाको शुरुमा सबै हतियारहरू राज्य नियन्त्रणमा राख्ने निर्णय गरेपछि सरकार र हिज्बुल्लाहबीच बढ्दो तनावको बीचमा सलामको भ्रमण भएको हो । जुन कदमलाई हिज्बुल्लाहले इजरायली र अमेरिकी हितको सेवा गर्ने भनेर अस्वीकार गरेको थियो । प्रधानमन्त्रीले अरब राज्यहरूसँगको सहयोगलाई सुदृढ पार्नेसहित आफ्नो सरकारको प्राथमिकताहरू उल्लेख गर्नुभयो ।











