NPL: कर्णाली याक्सको रोमाञ्चक जित, विराटनगर किङ्स ४ विकेटले पराजित
काठमाडौं । कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा जारी Nepal Premier League (NPL) अन्तर्गत बिहीबार रातिको खेलमा कर्णाली याक्सले विराटनगर किङ्सलाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनायो। लोकेश बमले सर्वाधिक ८७ रन बनाए भने एन्जेलो म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रन जोडे। कर्णालीका कप्तान सोमपाल कामीले एक्लै ४ विकेट लिए।
जवाफमा १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। कप्तान सोमपाल कामीले ६२ रनको अर्धशतकीय पारी खेले भने विराटनगरका एन्जेलो म्याथ्युजले ३ विकेट लिए।
यो कर्णालीको दोस्रो जित हो भने विराटनगरले दोस्रो हार बेहोरेको छ।











