भारत–चीन सहमतिबारे सञ्चारमन्त्री गुरुङः मोदीलाई मात्र नभई सी जिनपिङलाई पनि प्रश्न गर्छौं

संवाददाता
२०८२ भाद्र १२, बिहीबार १२:३८

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताउनुभएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र नभई चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि प्रश्न गर्ने बेला आएको उहाँको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*