ओली—शि चिनपिङ वार्ताः नेपाल—चीन आर्थिक सम्बन्ध संस्थागत रुपमा अघि बढाउन संयन्त्र बनाएर अघि बढौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभको कार्यान्वयन अघि बढाउन चीनसँग आग्रह गर्नुभएको छ । रोल… चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले शनिवार साँझ चिनियाँ राष्ट्रपति शि चिनफिङसँगको भेटवार्ताका क्रममा यस्तो आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले नेपालको विकासमा चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताउँदै अहिले चीनसँगका अवरुद्ध नाकाहरु सञ्चालन गर्न पहल गरिदिन पनि आग्रह गर्नुभएको बताउनु भयो ।











